Logo

परिवार दलको प्रवक्तामा दैलेखका रुपसिंह भण्डारी



काठमाडौं, २ चैत्र । नेपाल परिवार दलको केन्द्रिय प्रवक्तामा रुपसिंह भण्डारी नियुक्त भएका छन्।

मंगलबार काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षमा बसेको दलको केन्द्रिय कार्यसमितिको बैठकले युवानेता भण्डारीलाई प्रबक्ता चयन गरेको हो।

दैलेखका भण्डारी दलको सह(महामन्त्री समेत हुन्। उनले त्रिभुवन बिश्वबिद्धालयबाट स्नातकोत्तर तथा एमफिल गरेका छन्।

युवाहरुबीच लोकप्रिय भण्डारी संबिधान सभाको निर्बाचनमा समेत परिवार दलको तर्फ वाट उम्मेदवार थिए ।

प्रवक्ता भण्डारीले दलले दिएको जिम्बेवारी पुरा गर्न आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्