Logo

पुर्व प्रधानमन्त्री चन्दलाई भेट्न पुगे राप्रपाका प्रवक्ता शाही



काठमाडौं, २ चैत्र । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आज भेटबार्ता गरेका छन् । शाही चन्दलाई भेट्न बुधबार बिहान चन्द निवास पुगेका हुन् ।

नेपालको २७औँ प्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता समेत रहेका चन्दसँग प्रवत्ता शाहीले १ घण्टा लामो भेटवार्ता गरेका थिए ।

भेटमा चन्द र शाहीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राप्रपाले देशव्यापी चलाइरहेको सभा–सम्मेलन, राजसंस्थाको आवश्यकतालगायत बिबिध बिषयमा छलफल भएको शाहीले बताए ।

शाही केहि समय अघि मात्र सिंगो अभियान सहित राप्रपामा समाहित भएका थिए । भेटमा चन्दले ज्ञानेन्द्र जस्ता देशभक्त युबा पार्टीमा प्रबेश गर्नु राप्रपाको लागि र सिंगो राजसंस्थाको आन्दोलनको लागि नै सौभाग्य रहेको बताएका थिए ।

शाहीले पनि चन्दको सादगी र सामान्य जिन्दगी र जिबनशैलिको मुक्तकण्ठले प्रशंशा गरेका गर्दै शाहीले भने, “२ पटक सम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिको यस्तो सादगीपूर्ण जिबन सायद कसैले पनि कल्पना गरेको हुँदैन् “



प्रतिक्रिया दिनुहोस्