Logo

कांग्रेस निकट दलित संघको महाधिवेशन अनिश्चितकालिन स्थगित



काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन दलित संघको चैत ७ देखि ९ सम्म बुटबलमा हुने भनिएको महाधिवेशन अनिश्चितकालिन स्थगित भएको छ ।

संघले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेको भन्दै महाधिवेशन स्थगित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले दलित नेता शम्भु हजारा पासवानलाई फोन गरी महाधिवेशन स्थगित गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । २०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हुन सकेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्