काठमाडौं । अहिले सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ ।
शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने बताइएको छ ।
बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने छ ।
नेकपा एसले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल हुनपर्नेमा जोड दिँदै आएको छ ।