काठमाडौं, ४ चैत्र । निजामती कर्मचारीका छोराछोरीलाई सरकारले पाँच लाख सम्मको छात्रवृत्ति दिने भएको छ । सरकारले स्नातक तह अध्ययन गर्न एक पटकका लागि उक्त रकमको छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
कर्मचारीका सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन ५ लाख सम्म छात्रबृत्ति दिने निजामती कर्मचारी निर्देशिका २०७८ मा उल्लेख गरिएको छ ।
२० लाख रुपैयाँ भन्दा बढी शिक्षण शुल्क लाग्ने भएमा पाँच लाख रुपैयाँको छात्रवृत्ति, १५ लाखदेखि २० लाखसम्म लागेमा ४ लाख र १० लाख देखि १५ लाख शिक्षण शुल्क लागेमा ३ लाख रुपैयाँ छात्रबृत्ति रकम उपलब्ध गराउने निर्देशिकामा जनाइएको छ । तर विदेशमा अध्ययन गरेको र तीनै तहको सरकारबाट छात्रवृत्ति प्राप्त गरेको भएमा चाँही सरकारले छात्रवृत्ति नदिने भएको छ ।