Logo

नेपाललाई सातौं सफलता, सागर लिए विकेट



काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ ।
नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ४१औं ओभर चलिरहँदा नेपालले सातौं सफलता हात पारेको छ । नेपालका लागि सातौं विकेट सागर ढकाल लिएका हुन् । उनको ओडिआई क्रिकेटमा पहिलो विकेट हो ।

यसअघि सोमपाल कामीले तिन विकेट लिए भने करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक विकेट लिए । यूएईले ४१औं ओभरमा सात विकेटको नोक्सानीमा १३७ रन बनाएको छ । Filephoto



प्रतिक्रिया दिनुहोस्