Logo

रामकुमारीको मन्त्रालयमा सचिव फेरिएको फेरियै



काठमाडौं, ४ चैत्र । शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्ने सम्भावना बढिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पुराना मन्त्रीलाई बदलेर नयाँ मन्त्री पठाउने तयारी गरेको छ ।

मन्त्रीबाट रामकुमारी झाँक्री हट्ने समय नजिकिदै गर्दा उनको मन्त्रालयका सचिव पहिल्यै बदलिएका छन् । सचिव मणिराम गेलाल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

यसअघि शहरी विकासबाट प्रधानमन्त्री कार्यालयमा पठाइएका रमेश सिंहलाई फेरि सरुवा गरी ल्याइएको छ । सिहको ४ महिनामै जाने र आउने क्रम चल्यो ।

आजै शहरी विकास मन्त्रालयका कर्मचारीले गेलाललाई बिदाई गरेका छन् । सिंहलाई स्वागत पनि गरेका छन् । चार महिना अघि बिदाई गरिएको सचिव सिंहलाई फेरि उक्त मन्त्रालयमा स्वागत गरिएका



प्रतिक्रिया दिनुहोस्