तनहुँ, ६ चैत्र । नेपाली कांग्रेसका पुर्व सह–महामन्त्री तथा पुर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहँुको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।
दीपकराज जोशीले कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नभएमा स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
१७ वर्ष अमेरिकामा अध्ययन गरेर आएका दीपकराज अहिले निजी कलेजमा आवद्ध छन् । जनताको समस्या धेरै भएको भन्दै समाधान गर्न मेयरमा उम्मेदवार बन्न लागेको उनको भनाई छ ।
तनहुँमा कांग्रेस नेताद्धय रामचन्द्र पौडेल र गोविन्दराज जोशीको प्रतिस्पर्धा रहेको छ । यसअघि पौडेल निकटका वैकुण्ठ न्यौपाने नगरपालिकाका मेयर छन् ।