काठमाडौं, चैत ७ । जारी इङ्लिस प्रिमियर लिगमा टोटेन्हामले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा टोटेन्हामले वेस्टहामलाई ३–१ गोलले पराजित गरेको हो ।
दक्षिण कोरियाली स्ट्राइकर ह्युङ मीन सन चम्केको खेलमा उनले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । वेस्टहामको लागि साइद बेन्रहमाले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा कुर्ट जोउमाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि टोटेन्हामले शुरुवाती अग्रता लिएको थियो । टोटेन्हाम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन ह्युङ मीन सनले खेलको
२४ औं मिनेटमा केनको पासमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए । ३५ औं मिनेटमा डाव्सनको पासमा बेन्रहमाले गोल गर्दै वेस्टहामलाई २(१ गोलको स्थितिमा ल्याएका थिए । तर ८८ औं मिनेटमा केनकै पासमा सनले दोस्रो गोल गर्दै टोटेन्हामलाई ३–१ गोलको जीत दिलाए ।