Logo

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की देशद्रोही हुन्ः प्रवत्ता शाही



इटहरी, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान सरकार भ्रष्टाचारमा र्चुलुम्म डुबेको टिप्पणी गरेका छन् । सुनसरीको बराहक्षेत्रमा जारी राप्रपाको बिशाल सभालाई सम्बोधन गर्दै शाहिले सरकार भ्रष्टाचारमा र्चुलुम्म डुबेकोे आरोप लगाएका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती संज्ञा दिँदै उनले एमसिसि पास गरेर नेपाली जनताको भावना बिपरित सरकार अघि बढेको उनले जिकिर गरे । प्रवक्ता शाहीले एमसीसी पास हुनुमा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार कार्कीको हात रहेको भन्दै उनलाई देशद्रोहिको संज्ञा दिए । उनले भने,‘यही क्षेत्रका सांसद जो हालका सञ्चारमन्त्रीसमेत हुनुहुन्छ ज्ञानेन्द्र कुमार कार्की देशद्रोही हुन् । म उनको कदमको घोर भत्सर्ना गर्दछु ।’

सम्बोधनकै क्रममा शाहीले नेपाली जनतालाई अब अन्य पार्टीको पछि नलाग्न आग्रह गर्दै राप्रपालाई भोट दिनसमेत आग्रह गरे । उनले राप्रपा हिन्दु राष्ट्र स्थापना संगै राज संस्थाको पुनस्थापनामा जोड दिदै आएकोले नेपाली जनताको भावना यहि आफ्नो पार्टीले मात्र बुझ्ने जिकिर गरे ।

उनले बराहक्षेत्र नगरपालिका भित्र भएका बेतिथिबारे खोतल्दै स्थानीय सरकारसँग खर्च बिवरण माग्न र अहिले सम्म कुन क्षेत्रमा कति बिकास भए त्यसको हिसाब किताब राख्न पनि नगरवासिलाई अनुरोध गरे ।

 



प्रतिक्रिया दिनुहोस्