Logo

निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा



काठमाडाै‌ं, ८ चैत । जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबार हुँदै छ । रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् ।

निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयाेगले बनाएकाे आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी हक प्रतिकूल भएकाे र उक्त प्रावधान खारेजीकाे माग गरेका छन् । उनले प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगाे नभएकाे र स्थानीय तह पनि रिक्त हुने पनि दाबी गरेका छन् ।

शेर्पाकाे तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले कानुनी प्रतिरक्षा गर्ने छन् । आयाेगले ३ चैतमा जारी गरेकाे निर्वाचन आचारसंहिता २०७८ काे दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले साेमबार (हिजाे) सर्वाेच्चमा रिट दायर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्