रौतहट, ९ चैत्र । शिक्षकहरु नै शिक्षक सेवा आयोगको परीक्षाको परीक्षार्थी भएपछि रौतहटका विद्यालयहरु ६ दिनको लागि बन्द भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटले अधिकांश शिक्षकहरु आयोगको परीक्षामा सहभागी हुने भन्दै चैत्र १३ गतेदेखि १८ गते सम्मका लागि बिदा दिने सबै पालिकाका प्रमुखहरुलाई अनुरोध गरेको हो ।
शिक्षा विकास इकाईले शिक्षकहरुको वर्षे विदा कट्टी हुने गरी बिदा दिन आग्रह गरेको हो । न्यु गौर, राजदेवी, देवाही, गोनाही, गरुडा, गढीमाई लगायतका पालिकाका प्रमुखलाई विद्यालय बन्द गर्न अनरोध गरेको हो ।