Logo

टिकापुर बाढी पीडित संघर्ष समितिले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र



काठमाडौं, ९ चैत्र । टिकापुर बाढी पीडित संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा आज संघर्ष समितिले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

गत कार्तिक २ गते टिकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा आएको बाढीले ६०० मिटर तटबन्ध फोरेर पुर्‍याएको क्षतिको मर्मत र पुननिर्माण गर्नुपर्ने संघर्ष समितिको माग रहेको छ।

उनले पूननिर्माण नभए ५, ६, ७, ८ र ९ नम्बर वडा पूर्णतः बालुवामा परिणत हुने, वस्ती विस्थापित हुने बाढी पीडित संघर्ष समितिका संयोजक धनसिंह साउले जनाए ।



प्रतिक्रिया दिनुहोस्