एजेन्सी, ११ चैत्र । यूरोपेली च्याम्पियन इटाली विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । गएराति भएको छनोट खेलमा नर्थ मेसोडोनियासँग १-० ले पराजित हुँदै इटाली छनोटबाट बाहिरिएको हो ।
खेल अवधिभर इटालीले मेसोडोनियामाथि दबाब बनाएको थियो । तर, इटालीले मेसोडोनियाको रक्षापंक्तिलाई भत्काउन सकेन । इटालीले ३२ प्रहार गर्दा मेसोडोनियाले ४ प्रहार गरेको थियो ।
खेलको ९२औं मिनेटमा मेसोडोनियाका अलेक्जेन्डर ट्राजकोभ्स्कीले गोल गर्दै मेसोडोनियालाई महत्वपूर्ण जित दिलाए । अब उसले प्ले अफको खेल जिते विश्वकपमा छनोट हुनसक्छ ।
इटाली ४ पटकको विश्वकप विजेता पनि हो । उसले दोस्रोपटक विश्वकप नखेल्ने भएको छ । इटाली स्तब्ध हुनुलाई २०२२ को खेल क्षेत्रको महत्वपूर्ण घटना मानिएको छ ।-Photo Source: FIFA