काठमाडौं, १६ चैत्र । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारीको सम्पूर्ण तयारी गरेको बुझिएको छ ।
खरेल पछिल्लो समय राजनीतिक पार्टी दर्ता गरेर सक्रिय छन् । उनी हिन्दूवादी संगठनहरुसँग पनि नजिक छन् ।
खरेलको उम्मेदवारीलाई हिन्दूवादीको सक्रियतासँग जोडेर हेरिएको छ । उनका काका पूर्व आइजीपी अच्युतकृष्ण खरेल हिन्दू राष्ट्र अभियानमा सक्रिय छन् ।
रमेश खरेल प्रहरीबाट राजीनामा दिएपछि हिन्दू संगठनहरुमा सक्रिय भएका थिए । उनलाई हिन्दूवादीले अघोषित रुपमा आफ्नो उम्मेदवारका रुपमा प्रस्तुत गरेको बुझिएको छ ।
खरेल प्रहरीमा हुँदा निर्क चर्चामा आएका थिए । उनको जीवनकथामा आधारित चलचित्र समेत निर्माण भयो ।