Logo

पर्यटनमन्त्री श्रेष्ठद्वारा नगरकोट सामुदायिक ‘होम स्टे’को अवलोकन



काठमाडौं, १६ चैत्र । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले नगरकोटको बाँस्तोला गाउँस्थित सामुदायिक होमस्टेको अवलोकन गरेका छन् ।

प्रदेश पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र पर्यटन कार्यालयका टंक भट्टराईसहितको मन्त्रालय सम्बद्ध निकायमा कर्मचारीलाई लिएर मन्त्री श्रेष्ठ ‘होम स्टे’ अवलोकन गर्न पुगेका हुन् ।

नगरकोट बाँस्तोला गाउँ ‘होम स्टे’मा पर्यटन कानुन व्यवसायी, होम स्टे विज्ञ, र बागमती प्रदेशको पर्यटन मन्त्रालयले संयुक्त रुपमा कार्यक्रम राखेको छ ।

‘होम स्टे’ सम्बन्धी कानुन निर्माणका लागि सरोकारवाला निकायसँग छलफल गरेर सुझाव लिने उद्देश्यलेले मन्त्री श्रेष्ठ नेतृत्वको टोली नगरकोट बाँस्तोला गाउँ ‘होम स्टे’मा पुगेको हो ।

‘होम स्टे’को समस्या र सम्भावनाका विषयमा छलफल गरेर परिणाममुखी काम गर्ने उद्देश्यले ‘होम स्टे’ अवलोकन अनुगममा नगरकोट पुगेको पर्यटन मन्त्री श्रेष्ठको भनाइ छ ।

होम स्टे व्यवसायको वृहत्तर हित र सेवाग्राहीको सुविधालाई केन्द्रमा राखेर ‘होम स्टे’ सम्बन्धी कानुन निर्माण गरिने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्