काठमाडौं, १७ चैत्र । सरकारले लामो दूरीका यातायातको भाडा वृद्धि गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेशीय यातायातको भाडामा ११ देखि १३ प्रतिशतले वृद्धि गरेको हो ।
पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपछि यातायात व्यवसायीले भाडा वृद्धिको माग गर्दै आएका थिए । मूल्य वृद्धि गर्दा इन्धनको मूल्य वृद्धिलाई दृष्टिगत गरी गरिएकोले घट्दा पनि घट्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
केन्द्रले लामो दूरीको यातायातको भाडा वृद्धि गरेकोमा प्रदेश सरकारले मध्यम र छोटो दूरीका यातायात बढाउने तयारी गरेका छन् ।