Logo

भारतीय विदेशमन्त्री जयशंकरसँग र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, सिमा विवादको कुरा उठेन



काठमाडौं, १८ चैत्र । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीमा आफू बसेको होटल आईटीसी मौर्यमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवा आजै दिल्ली पुगेका हुन् ।

विदेशमन्त्री जयशंकरसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले सिमा विवादको विषय भने उठाएनन् ।

जयशंकरसँगको भेटवार्तालगत्तै प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा पुगेका छन् ।

उनलाई भाजपाका अध्यक्ष जेपी नड्डाले पार्टी मुख्यालयमा स्वागत गरेका थिए । Photo Source: PMO Nepal/Twitter

 



प्रतिक्रिया दिनुहोस्