काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसद विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ मिति तोकिएको थियो । तर, पुर्ण सुनुवाइ स्थगन गर्न निवेदन पेस भएको स्रोतले जनाएको छ ।
न्यायाधीशहरु अनिल कुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पुर्ण सुनुवाइ स्थगन गर्न एमालेले कारबाही गरेका १४ जना सांसदको तर्फबाट वकिलले निवेदन दिएका हुन् ।
एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको फैसलापछि १४ सांसदको पद जाने वा कायम रहेको टुंगो लाग्नेछ ।