Logo

नुवाकोटको तादी गाउँपालिकाको उपमेयरमा करुणा पाण्डेको दाबी



काठमाडौं, २७ चैत्र । आगामी स्थानीय चुनावमा नुवाकोटको तादी गाउँपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट युवा नेतृ करुणा पाण्डेले उम्मेदवारी दिने भएकी छिन् ।

विद्यार्थी राजनीतिबाट आएकी पाण्डेले आफ्नो क्षेत्रका जनताको आग्रह र सुझावमा उम्मेदवारी दिन लागेको बताइन् । पाण्डेले राजनीतिमार्फत सामाजिक रुपान्तरण, समावेशिता, सहभागितामुलक लोकतन्त्र र समृद्धि सहितको विकासका लागि आफुले महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।

आफु उपमेयरमा निर्वाचित भएमा पाण्डेले गाउँ टोल र समाज गरी राष्ट्रको सेवा गर्ने पनि प्रतिबद्धता गरिन् । शिर्ष नेताहरुले पनि आफुलाई सल्लाह अनुसार आफु अघि बढीरहेको उनले दाबी गरिन् । बैशाख ३० गते हुने स्थानीय चुनाव सभ्य र भव्य बनाउनमा आफु लागि पर्ने उनले बताइन् ।

व्यवसायमा पनि सम्लग्न पाण्डे यसैवर्ष कांग्रेस नुवाकोटबाट क्षत्रिय प्रतिनिधि भई पार्टीको २४औं केन्द्रीय महाधिवेशनमा सहभागी भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्