Logo

चुनावी तालमेलका लागि जिल्ला नेतृत्वसँँग छलफल गरेर अघि बढ्ने मधेस प्रदेश गठबन्धन बैठकको निर्णय



जनकपुर, २९ चैत्र । सत्तागठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले आगामी स्थानीय तहको चुनावमा तालमेल गर्न जिल्ला नेतृत्वसँँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ। आज महोत्तरीको बर्दिबासमा बसेको प्रदेश गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बैठकले जिल्ला स्तरीय गठबन्धनबाट पालिका तहअनुसार छलफल गरी खाका तयार गर्ने निर्णय गरेको छ। यसको लागि बैठकले बैशाख २ सम्मको समयसिमा समेत तोकेको छ ।

आगामी बैशाख ३ गते कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरमा, धनुषा र महोत्तरीमा बिहान ८ बजे र सिराहा र सप्तरीमा दिउँसो २ बजे देखि छलफल गर्ने भएको छ । साथै आजको बैठकले गठबन्धनका शीर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तीलाई पनि स्वागत गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्