काठमाडौं, ३० चैत्र । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई आज बसेको सञ्चालक समितिको बैठकले ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सोही बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।
उनीसँग १९ वर्ष लामो बैंकिङ्क क्षेत्रमा काम गरेको अनुभव छ ।