एजेन्सी, ५ बैशाख । आईपीएलको १५ औँ सिजनमा कोरोनाको खतरा देखिन थालेको छ ।
क्रिकबजको रिपोर्ट अनुसार दिल्ली टोलीका फिजियोपछि एक खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यसपछि दिल्लीको टोलीलाई पुणे जानबाट रोकिएको छ ।
सबै टोलीलाई मुम्बईमा क्वारेन्टाइनमा राखिएको छ। उनको अर्को खेल अप्रिल २० मा पञ्जाब किंग्ससँग पुणेमा हुनेछ।