काठमाडौं, ५ बैशाख। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन्।
उनी माओवादीका दाङ जिल्ला इन्चार्ज समेत थिए ।
आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गर्दै माओवादीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी त्यागेको बताएका हुन् ।
दाङको घोराही उपमहानगरपालिकामा मेयरमा टिकट नपाएपछि उनले पार्टी छोडेको बताईएको छ ।
उनले एमसीसीमा पनि पार्टीले गलत नीति बोकेको र सही दिशामा पार्टी नहिँडेकोले आजैबाट पार्टी त्यागेको बताएका हुन् ।
गौतम वरिष्ठ नेता नारायणकाजी श्रेष्ठनिकट मानिन्छन् ।