काठमाडौं, ११ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
छातीमा असजिलो भएपछि वैशाख एक गते उनलाई ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।
उनी १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।