Logo

आफ्नै कार्यकर्ताको नाराबाजीपछि रुपा गाउँपालिकाको उम्मेदवार फेरियो



पोखरा, १२ वैशाख । कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्नबाट बन्चित गरेका छन् ।

गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गर्न पुगेका आनन्द सुवेदीलाई सोमबार बिहानैदेखि नाराबाजी गर्दै बाटो छेकेका थिए ।

कार्यकर्ताले विरोध जनाएपछि अन्तिम समयमा आएर पार्टीले उम्मेदवार परिवर्तन गरेको छ ।

सुवेदीलाई हटाएर अधयक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको जनाइएको छ।

 

 



प्रतिक्रिया दिनुहोस्