Logo

नामावली सार्वजनिक भएपछि आज उम्मेदवारविरुद्ध दाबी–बिरोध गर्न पाइने



काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको कार्यतालिका अनुसार आज दाबी विरोधको उजुरी दिने समय तोकिएको छ।

गत आइतबार र सोमबार देशभर ७ सय ५३ वटै स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । देशभरबाट १ लाख ३७ हजार भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अझै विवरण थपिने क्रम जारी छ ।

मनोनयन दर्ता सकिएपछि कार्यतालिका अनुसार उम्मेदवारको नामावली प्रकाशित गर्नुपर्नेथियो । तर अहिलेसम्म सुची सार्वजनिक गरिएको छैन् ।

उम्मेदवारको नाम प्रकाशित भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध दिने समय सुरु हुन्छ । कुनै उम्मेदवार अयोग्य भएमा निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सक्छन् । निर्वाचन आयोगले १७ गते शनिबार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्