काठमाडौं, १५ बैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका छन् । पौडलले पत्रकारसँग कुरा गर्दै मन्त्री खाँणलाई उम्मेदवारी फिर्ता नलिने आफुले जवाफ दिएको जानकारी दिएका हुन् ।
बागी उम्मेदवार पौडेललाई फकाउन चितवन पुगेका खाँणले आज प्रस्तावकसँग पनि छलफल गरेका छन् । उनले प्रस्तावक तथा पुर्व जिल्ला सभापति कृष्णालाल सापकोटासँग बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले अहिलेको आवश्यकता गठबन्धन र चुनावी तालमेल रहेको भन्दै मन्त्री खाँणले भरतपुरका कारण देशैभर समस्या परेको बताएका थिए । सापकोटाले कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको र उम्मेदवारी यथावत रहने जवाफ दिएको स्रोतले जनाएको छ । उनले चितवनका साथीहरुको मान, मर्यादा, प्रतिष्ठा र भविष्यसँग जोडिएको कुरा हो एक्लै निर्णय गर्ने विषय होइन् भन्ने जवाफ दिएको बताए ।