काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको तर्फबाट काठमाडौं महानगरका उम्मेद्धवार केशब स्थापितको बचाउमा उत्रिएका छन् ।
स्थापितमाथि महिला हिंसाको विषय उठाईएको बेला अध्यक्ष ओलीले भने स्थापितको बचाउ गरेका हुन् । ओलीले पार्टीको तर्फबाट काठमाडौंको मेयरमा स्थापितजस्तो अनुभवी व्यक्तिलाई अघि सारेको बताएका हुन् ।
आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चुनावका बेला अनेक मुद्दा उठाइने गरिएको टिप्पणी गरे । उनले अघि थपे, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’
ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् । उनले पाँच दलीय गठबन्धन ठूलो घाउ नभएपनि केही समय चिलाएर दुःख दिने लुतो रहेको बताए । उनले बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने बताए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम