Logo

यस्तो छ लोसपाको स्वास्थ्य नीति



काठमाडौं, १६ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टीले आज घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

लोसपाको घोषणा पत्रमा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ, विश्वासनीय, गुणस्तरीय र आमजनता लगायत गरिब एवं असहाय सबैले धान्न सक्ने बनाउन विशेष व्यवस्था गरिएको छ ।

हरेक वडामा सामान्य उपचारका साथसाथै प्रसुति, सर्प दंश र हृदयघातबाट  बचाउन सकिने सुविधासहितका वडा स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने घोषणपत्रमा प्रतिवद्धता जनाएको छ ।

हरेक पालिकामा प्याथोलोजी प्रसुती प्रसूति गृह, आपतकालिन सेवा सहितको कमतीमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ । र भएका अस्पताललाई आधुनिक बनाउने पनि स्पष्ट पारेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्