काठमाडौं, १६ बैशाख । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता फिर्ता गराउन डर, धाक, धम्की नदिन आग्रह गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनको लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन आग्रह गरेको हो ।
संविधान र प्रचलित कानुन बमोजिम योग्यता पुगेका कुनै पनि नागरिकले राजनीतिमा भाग लिन पाउने भन्दै आयोगले उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकिय प्रणालीमा सम्लग्न हुन पाउने नागरिकको नैसर्गिक संवैधानिक अधिकार भएको समेत उल्लेख गरेको छ ।
उम्मेदवार वा परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ।