काठमाडौं, १८ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंनका घटनामा कांग्रेस नेता शशांक कोइरालालगायतलाई सचेत गराएको छ । आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायत तीनदललाई सचेत गराएको हो ।
गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको खबर बाहिर आएलगत्तै आयोगले सचेत गराउने निर्णय गरेको थियो ।
त्यस्तै, आयोगले सभामुख अधिकारीलाईपनि सचेत गराएको छ। सार्वजनिक पदमा बसेको व्यक्तिले सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु पदाधिकारीको लागि सुहाउने विषय नभएको आयोगले निर्णयमा उल्लेख गरेको छ ।
यसैगरी आयोगले तीनदलहरुर्ला पनि सचेत गराएको छ। नेकपा माओवादी, एकीत समाजवादी र राप्रपालाई आचारसंहिता उल्लघंन गरेको भन्दैसचेत गराएको हो ।