काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेस महासमिति सदस्य तथा राष्ट्रिय भुमी आयोग सदस्य ईन्दिरा निरौलाले अहिले मुखहेर्ने बेला नभई रुख हेर्ने बेला भएको बताएकी छिन् । कमलामाई–१० काउछेमा गठबन्धनको संयुक्त चुनावी प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै नेतृ निरौलाले देशको समग्र विकासको लागि रुख चिन्हमा भोट दिन आग्रह गरेकी हुन् ।
देशभर बागी उम्मेदवारी दिएकालाई लक्षित गर्दै उनले भनिन्,‘योमुख हेर्ने बेला होइन्, रुख हेर्ने बेला हो ।’ नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको संयुक्त चुनावी प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन शुक्रबार गरिएको हो । वडा नं.१० काउछेमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेको छ । वडाध्यक्षमा विनोद प्रधानले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको तर्फबाट वडा सदस्यमा मिरा नेपाली, माओवादीबाट गीता कुमारी मगर, दिनेश न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यस्तै, कमलामाई नगरपालिकामा मेयरमा नेपालीकांग्रेसका उपेन्द्र पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रबाटदिर्घमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।