काठमाडौं, १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट मलंगवा नगरपालिका वडा नम्बर ६ को अध्यक्क्ष पदमा उम्मेदवार दिएका रामगोपाल राय यादवले चुनावी घरदैलो कार्यक्रम व्यापक बनाएका छन् । यादवले आफ्नो वडामा विकासप्रेमी नेताको छवि बनाएका छन् ।
विगत लामो समयदेखि गाउँसको विकासमा केन्द्रित यादव ‘हाम्रो हैन, राम्रो लाई रोजौ’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा आएका छन् । यादवका बुवा सोनेलाल राय यादव नेपाल सरकारको गृह राज्यमन्त्रीसमेत भएका थिए । उनको हालै निधन भएको छ ।
राजनीतिक परिवारका यादव समाजसेवामा पनि सक्रिय छन् । उनीसँग काठमाडौंमा बसेर विभिन्न मिडियामा समेत काम गरेको अनुभव छ । सुशासन कायम गर्दै समृद्ध वडा निर्माण गर्नको लागि आफ्नो उम्मेद्धवारी रहेको उनको भनाई छ ।