Logo

मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ : केशव स्थापित



काठमाडौं, २० वैशाख । नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् ।

महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताए ।

काठमाडौंमा मंगलबार आयोजित ‘चर्चा र विवाद’का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले ‘जागिर खाइदिने’ भनेर चेतावनी दिएको सुनिएको बताए ।

यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उनको भनाइ छ । रश्मिलासँग उनले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्