काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौँ महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाएका छन्।
महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनले स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाएका हुन्।
‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याउनु भएको छ,’ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साम्प्रदायिक घृणा र धु्रविकरणको यो घिन लाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो। महिलामाथि त सार्वजनिक मञ्च मै हिंसा भइरहेको छ।’
स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको उनको टिप्पणी छ। हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौँको रोजाइ हुन नसक्ने नेता पौडेलको भनाइ छ। ‘हावा गफ त ओलीजी बाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,’ उनले भनेका छन्, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’
नेता पौडेलले स्थापित काठमाडौँ महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनीत मेयर बनेको, डा। बाबुराम भट्टराई सरकारको पालामा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराएका छन्।
‘रहयो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो। शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौँको सेवा गरिसक्नु भएको हो,’ उनले लेखेका छन्, ‘त्यतिले नपुगेर डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो।’