Logo

हिन्दू स्वंसेवक संघको नाम ‘एमालेको भोट माग्न दुरुपयोग’, संघ पुग्यो प्रहरीको साइबर ब्यूरो



काठमाडौं, २० वैशाख । नेकपा एमालेको भोट माग्न हिन्दू स्वयंसेवक संघ नेपालको नामबाट फेसबुकमा ग्रुप बनाएर प्रयोगमा ल्याइएपछि चासो भएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल यसविरुद्ध उजूरी लिएर प्रहरीकोमा पुगेको छ ।

हिन्दू स्वयंसेवक संघ नेपालले आफ्नो संस्थाको नाममा अनाधिकृत पब्लिक ग्रुप बन्द गराउन प्रहरीको साइबर ब्यूरोमा उजूरी गरेको हो । उजूरीमा हिन्दू स्वयंसेवक संघ नेपाल नाम दिएर सात सूर्य सात छाप नेकपा एमाले जिन्दावाद लेखेको र ग्रुपको एडमिनको नाम अंग्रेजी रोमन अक्षरमा मुकेश कुमार शाह लेखेको भनेको छ ।

हिन्दू स्वयंसेवक संघ नेपाल गैरराजनीतिक संस्था भएकोले कुनैपनि राजनीतिक दलको प्रचारमा आफ्नो नाम र छाप प्रयोग गर्नु गैरकानूनी भएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्