काठमाडौं, २१ बैशाख । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । १ अर्बका कारोबार सिमित भएको छ ।
नेप्से परिसुचक आज ३१ दशमवल ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९० अंकले घटेर ४३६ दशमलव ६८ विन्दुमा रोकिएको हो ।
आज २३३ कम्पनीको १ अर्ब २७ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँ बराबरको ३४ लाख २ हजार ८ सय ४८ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।