काठमाडौं, २२ बैशाख । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्।
कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उनले राजीनामा दिएका हुन्।
उनले आज (बिहीबार) पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी परित्याग गरेका हुन् ।
उनले आफ्नो कुनै नेतासँग पनि गुनासो नरहेको स्पष्ट पारेका छन् ।
यसअघि उद्धव पौडेलले पनि कमल थापाको साथ छोडेका थिए ।