काठमाडौं, २३ वैशाख । काठमाडौं महानगरपालिकामा गठबन्धनकी मेयरकी उम्मेदवार सृजना श्रेष्ठले आफूले दिदीबहिनी छोरीबेटी बनेर काम गर्ने बताएकी छिन् । आज राजधानीमा गठबन्धनको सभामा बोल्दै महानगरलाई महान घर बनाएर देखाउन बताइन् ।
‘महानगरलाई महान घर बनाउनेछु,’ श्रेष्ठले आज आयोजित सभामा भनिन्,‘दिदी बहिनी छोरीबेटी बनेर काम गर्छु ।’ उनले आफूले कहिले पनि शीर निहुराउने काम नगर्ने प्रतिवद्धता जनाइन् ।
काठमाडौंको सम्पदा, सभ्यता बचाउने गरी अगाडि बढ्ने बताइन् । उनले बाटो नदीनालाको सरसफाइ घरबाट सुरु गर्ने बताइन् ।