काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थारो गाईको संज्ञा दिएका छन् । आज काठमाडौंमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै थारो गाईलाई दाना र घाँस दिंदा खेर मात्र गएको टिप्पणी गरे ।
‘ओलीले देश बनाउलान् भनेर जनताले भोट दिए तर उनले उल्टै देशलाई बर्बाद पारे,’ श्रेष्ठले भने । ओलीले बहुमत ल्याउँदा परिवर्तन नै सक्याउन लागेको आरोप लगाए । ओलीका लागि गणतन्त्र र संघीयता बाँदरलाई मकैंको कुरुवा राखे सरह भएको बताए ।
जनताले हाँस्यव्यङ्ग्य र हल्का कुरा सुनरे मत दिंदा दुःख पाएको स्मरण गराउँदै भने,‘फेरि हाँस्यव्यङ्ग्य सुनेर भोट दिने गल्ती नगर्नुहोस् ।’