काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु देउवा राणासँग निर्वाचन आयोगले सोधपुछ गर्ने तयारी गरेको छ ।
चुनाव प्रचार प्रसारको क्रममा राणाले दिएको अभिव्यक्तिबारे उजुरीको आधारमा आयोगले सोधपुछ गर्ने जनाईएको छ। आयोगले राणाको अभिव्यक्तिबारे छानबिन गर्न एक उपसचिवलाई जिम्मेवारी समेत दिएको हो ।
राणाले दिएका दुई अभिव्यक्ति आयोगले नोटिसमा राखेको र दुवै विषयमा सोधपुछ गरिने जनाइएको छ।