काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान नगरिने भएको छ। सबै मतगणना स्थलमा सीसीटिभी जडान सम्भव नभएपछि भीडीयो रेकर्ड भने गरिने आयोगले जनाएको छ ।
देशभरका सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको थियो । आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटिभीबाट मतगणनाको निगरानी असम्भव भएको हो ।
आयोगको अनुसार आधा स्थानीय तह (३ सय) स्थलमा मात्रै सीसीटिभी क्यामेरा राखिने छ ।