काठमाडौं, ३० बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ ।
सर्वदलीय बैठकपछि मतगणना कति बेलादेखि गर्ने भन्नेबारे निर्णय आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भरतपुरमा गठबन्धनको तर्फबाट रेनु दाहाल उम्मेद्धवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी छन् ।
उता, कांग्रेसबाट विद्रोह गरेर जगन्नाथ पौडेलपनि चुनावी मैदानमा छन् ।
Photo By: Rajesh Acharya/Facebook