Logo

काठमाडौं महानगरको मतगणनामा ढिलाई, राष्ट्रियसभा गृहमा बढ्यो चहलपहल



काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना आज विहान ८ बजेबाट सुरु गर्ने भनिएको भएपनि अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन् । उम्मेद्धवारले प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएपछि मतगणना सुरु हुन समय लागेको हो ।

तर, अहिले विहान बसेको सर्वदलीय बैठकमा दल तथा स्वतन्त्र उम्मेदवारहरूबीच सहमति भएपछि अब मतगणना अघि बढ्ने जनाईएको छ । काठमाडौंको मेयरमा सिर्जना सिंह, केशब स्थापित र बालेन साहबीच कडा प्रतिष्पर्धा हुने चर्चा छ । अहिले मतगणनास्थल राष्ट्रियसभा गृहमा ठूलो चहलपहल देखिएको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्