Logo

ललितपुरको महालक्ष्मी नगरमा मतगणना सुरु



ललितपुर, ३१ बैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ ।

राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झण्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो । महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा (एमाले)बाट हरिगोविन्द श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी)बाट नकुल थापाले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिएका हुन् ।

दुई तहमा गठबन्धन र एकमा एमालेको अग्रता

ललितपुरका तीन गाउँपालिकामध्ये दुईमा सत्ता गठबन्धन (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) का उम्मेदवार र एकमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता रहेको छ ।

बागमती गाउँपालिका–१ मा ७७९ मत गणना हुँदा प्रमुखमा कांग्रेसका वीरबहादुर लोप्चनले ४१७, एमालेका नवराज सञ्जेलले ३२२ मत र उपप्रमुखमा माओवादीका भक्तकुमार दर्लामीले ४०० र एमालेको नमूना दोङले २७२ मत प्राप्त गरेका छन् ।

कोञ्ज्योसोम गाउँपालिकामा गणना हुँदा एमालेका कृष्णमान लामाको ४४९, माओवादीका गोपीलाल सिङतानको ३७६ मत रहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेको ३०४ र एमालेको रणिता तामाङको पक्षमा २५२ रहेको छ ।

महाङ्काल गाउँपालिकामा ४०० मत गणना हुँदा कांग्रेसका गणेश केसीको २४३, नेकपा एमालेको कमला तामाङको १२१ मत र उपाध्यक्षमा माओवादीको डोल्मा लामाले २३३ र एमालेका पुरुषोतम ह्ुमागाइँको १२१ मत ल्याएका हुन् । हाल महाङ्काल गाउँपालिकामा भने मतगणना स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्