काठमाडौं, ३१ बैशाख । रौतहटको गौर नगरपालिकामा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उम्मेद्धवार शम्भु साहले अग्रता कायमै राखेका छन् ।
साहले ६ सय ६० मत ल्याएका छन्। लोसपाका अजयकुमार गुप्ताले २ सय १५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले १ सय २३ मत ल्याएका छन्। यो नगरपालिका माधव नेपालकै गृहनगर हो ।