काठमाडौँ,१ जेठ । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ ।
मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले) का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेका छन् भने एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेका छन् । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य कांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । माछापुच्छे« का अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गर्नुभएको छ भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गरेका छन् भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांगे्रसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ । मादी गाउँपालिकाको वडा नं १ र २ मा कांगे्रसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ । रासस