Logo

राप्रपाले कहाँ कहाँ जित्यो



काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को स्थानीय निकाय निर्वाचनमा भन्दा उल्लेख्य सुधार गरेको छ । यसपटक प्रारम्भिक परिणाम आउँदा नै राप्रपाले जित निकाल्न थालेको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता समेत कायम गरेको छ ।

राप्रपाले जितेका पालिकाहरु
१. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा राप्रपाका अरुण शाही लगायत पुरा प्यानल बिजयी ।
२. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल बिजयी ।
३. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुकनाथ चौधरीको प्यानलसहित बिजय ।
४. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं(१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
५. रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड न।१ को अध्यक्ष पदमा अलि पठान ९मुक्त्तर अहमद पठान०को प्यानल निर्वाचित ।
६. चितवनको माडी नगरपालिका वडा न।१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
७. सिद्धार्थनगर नगरपालिका वडा नं। २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
८. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
९. डोटीको के।आई। सिंह गाऊँपालिका वार्ड न। ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
१०. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित बिजयी ।
११. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
१२. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ बिजयी ।
१३. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल बिजयी ।
१४. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल बिजयी ।



प्रतिक्रिया दिनुहोस्