Logo

माआवादीको चिन्हमा लागेको छाप कांग्रेसले दाबी गरेपछि मतगणना रोकियो



सुनसरी, १ जेठ । सुनसरीको बराह क्षेत्र नगरपालिकामा मतगणना कार्य  रोकिएको छ । मतगणनाको क्रममा केही दलबीच असमझदारी भएपछि मतगणना कार्य रोकिएको जनाइएको छ ।

उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भन्दै कांग्रेसका उम्मेदवारले आफ्नो मतको रुपमा गणना गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।

उक्त नगरपालिकामा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस्